नेपाल अडिटर्स एसोसियसन (अडान)को २० औ स्थापना दिवसका अवसरमा कार्यक्रम

पाेखरा | साउन १७, २०८२

नेपाल अडिटर्स एसोसियसन (अडान)को २० औ स्थापना दिवसका अवसरमा कार्यक्रम

पोखरा: नेपाल अडिटर्स एसोसियसन (अडान) को साउन २० गते मनाउँदै आइएको स्थापना दिवस(अडान डे)का अवसरमा देशैभर सप्ताहाव्यापी कार्यक्रम गर्ने योजना अनुरुप अडान कास्कीले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।
    

कार्यक्रम अन्तर्गत अडान कास्कीले साउन १६ गते बिहान मानव सेवा आश्रम हेम्जामा रहेका  करिब १८० जना आश्रितहरूलाई भोजन गराउनुका साथै वेल वृक्षरोपण गरिएको हो ।
    

उक्त कार्यक्रम अडानका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर सुवेदीको प्रमुख आतिथ्यतामा गरिएको थियो ।
    

उक्त दिन दिउँसो सस्थाका सदस्यहरुलाई नविनतम प्रविधीको जानकारी गराउने उद्देश्यका साथ व्यवसायिक अभ्यासमा कृतिम बौद्धिकता (ब्चतषष्अष्ब िक्ष्लतभष्निभलअभ–ब्क्ष्)का अबसर तथा चुनौती विषयक प्रशिक्षण दिइएको थियो ।
    

कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरू केशबहादुर के.सी, चन्द्रबहादुर सुवेदी, राजेन्द्र पौडेल, रुद्रनाथ पौडेल, कमलबहादुर रेग्मी र गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष पदमबन्धुु पोखरेललाई सम्मान गरिएको थियो । 
    

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला सचिव अर्थ विज्ञ टंक पाण्डेले रजिष्टर्ड अडिटर्सहरूले प्रमाणपत्र मात्र लिएर नभइ पेशा व्यवसायमा  आवश्यकता अनुसार व्यावसायिक ज्ञान र शिप हासील गर्न जरुरी रहेको बताउनुभयो ।  
    

कार्यक्रमका विशिष्ट अतिथि अडानका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर सुवेदीले नेपाल अडिटर्स एशेसियशन २०६३ श्रावण २० मा स्थापना भएको बताउँदै संस्था स्थापनाको उद्देश्य, सदस्यहरूको पेशागत हक हितका पक्षमा सस्थाले गरेका कामहरू बारे जानकारी गराउनुभयो ।
    

लेखापरिक्षण व्यवसायमा आएका नविनतम मापदण्हरूको प्रयोग एवम् व्यवसाय माथि गैर व्यवसाही विचौलियाहरूको आक्रमण नियन्त्रण गर्न चुनैती भएको उल्लेख गर्दै उहाँले सम्पूर्ण लेखा व्यवसायीहरूले अनुशासित भै व्यवसाय गर्नुपर्नेमा जोड दिनुुभयो ।
    

आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले लेखापरिक्षकहरुले प्रचलित ऐन कानुन मापदण्ड समेतलाइ अध्यन गरी वित्तीय विवरणहरू पेश गर्न सुझाव दिनु भयो । 
    

अडान कास्कीका अध्यक्ष गुणनिधी पाण्डेको अध्यक्षता एवम् सदस्य कृष्णराज ढुङ्गनाले सञ्चालन गर्नुुभएको कार्यक्रममा काठमाडौं युनिर्भसिटी एआइ विज्ञ मनोज शाक्यले प्रशिक्षण दिनुभएको थियो ।
    

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ उपाध्यक्ष दिनेश बास्तोला , लेखनाथ उद्योग वाणिज्य संघ, आइक्यान पोखरा, क्यान महासंघ कास्की, अर्घाखाँची सम्पर्क समाजका अध्यक्ष एवम् पदाधिकारी, अडान केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी, अग्रज अडिटर्स लगायत ८० जना सहभागी हुनुहुन्थ्यो । 
 

सङ्खुवासभा:  सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् ।   चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १&n...

थप पढ्नुहोस्

पोखरा:   १४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । समापन समा...

थप पढ्नुहोस्

काठमाडौंः  आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । आज राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो । कहाँ को विजयी भए हेर्नुहो...

थप पढ्नुहोस्